• जेष्ठ २२, २०८०
  • No Comment
  • 264

‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसदमा हंगामा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतबाट ‘भैंसी चढेर आएको’ भन्ने शब्दले संसद बैठकमा हंगामा भएको छ।

रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न सोध्ने क्रममा ‘भैंसी चढेर आएको’ भन्ने शब्द प्रयोग गरेपछि सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाए।

‘हामी चाहन्थ्यौं प्लेन चढेर भर्खरै आफैंले उद्घाटन गरेको पोखरा विमानस्थलमा अवतरण गर्नुहुन्छ भनेर तर यहाँ भैंसी चढेर आएका कुराहरू आए।’ खनालले यति भन्न नपाउँदै माओवादी सांसदहरूले विरोध जनाए। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भन्ने शब्द अमर्यादित भएको भन्दै हटाउन माग गरे।

त्यसपछि एमाले, रास्वपा, राप्रपाले संसद अघि बढ्न दिएनन्। सभामुखले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन रुलिङ गरे। सपछि प्रतिपक्षी सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुखे एमाले सांसद रघुजी पन्तलाई समय दिए। पन्तले भने, ‘प्रधानमन्त्री स्वयंले बोलेको कुरालाई सांसदले उठाउँदा रेकर्डबाट हटाउने हो भने प्रधानमन्त्रीले भनेको कुरा पनि हटाइयोस्।’

प्रधानमन्त्रीले भारत भ्रमणबाट जानकारी गराउने क्रममा भारतले अहिले दिएको मुर्रा राँगो पहिलाकै कुरा भएको भन्दै भनेका थिए, ‘राँगोको कुरा अहिले भएको होइन। सात वर्ष अगाडि नै मुर्रा राँगो ल्याउनेबारे समझदारी भएको रहेछ। मान्छेले मलाई राँगो चढाएर हिँडाएका छन्,’।

रास्वपा सभापति रवि लामिछानेले पनि सत्ता पक्षले दादागिरी देखाएको भन्दै प्रधानमन्त्रीले बोलेको विषयलाई नै सांसदले दृष्टान्तका रुपमा रेकर्डबाट हटाउनु आपत्तिजनक भन्दै थपे, ‘हटाउने भए प्रधानमन्त्रीले बोलेको कुरा पनि हटाइयोस्।’ त्यसपछि सभामुखले जसले बोलेको भए पनि भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हट्ने भनेपछि बैठक अघि बढेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…

Leave a Reply

Your email address will not be published. Required fields are marked *