• साउन २३, २०८१
  • No Comment
  • 193

शरिरमा क्याल्सियमको कमी भएमा के खाने ? घरेलु उपायहरु हेर्नुहोस

विभिन्न कारणले मानिसमा भिटामिनको कमी हुने गरेको छ । तर भिटामिनको साथसाथै कति मानिसहरुलाई क्याल्सियमको पनि कमी हुन्छ ।
क्याल्सियमको कमीका कारण यसको असर हड्डी, दाँतमा असर देखिन्छ । बालबालिकाको विकासका लागि क्याल्सियम निकै महत्वपूणर् मानिन्छ ।

उमेर बढ्दै जाँदा शरीरमा क्याल्सियमको कमी हुन थालेको आहारविज्ञ बताउँछन् । विशेष गरी, वृद्धवृद्धाहरूलाई बढी क्याल्सियम चाहिन्छ। उमेर बढ्दै जाँदा शरीरमा क्याल्सियमको कमी हुन थाल्छ । यस खनिजको कमीको कारण, केहि मानिसहरूले केही सप्लिमेन्ट पनि लिन थाल्छन्। तर विज्ञहरूका अनुसार प्राकृतिक चिजबाट यसको कमी पूर्ति गर्न सकिन्छ ।

मोरिङ्गाः मोरिंगाका फाइदाहरू बारे लगभग सबैलाई थाहा छ। यसमा क्याल्सियम पनि राम्रो मात्रामा पाइन्छ । यसबाहेक मोरिङ्गामा भिटामिन ए र ई पनि पाइन्छ । मोरिङ्गाको पातमा शरीरलाई फाइदा पुर्याउने अत्यावश्यक एन्टिअक्सिडेन्ट पाइन्छ। तिनीहरूले शरीरलाई फ्री रेडिकलबाट पनि बचाउँछन ।

आलसः जाडोमा आलसको लड्डू धेरै खाइन्छ । ओमेगा ३ फ्याटी एसिडसँगै क्याल्सियम पनि फ्याक्ससीडमा प्रचुर मात्रामा पाइन्छ । यी हड्डीका लागि निकै फाइदाजनक हुन्छन । यसले हाम्रो पाचन क्रियालाई पनि राम्रो बनाउन मद्दत गर्छ ।

चिया सिडः धेरैजसो मानिसहरूले तौल घटाउनका लागि चिया सिड प्रयोग गर्छन्। यसमा फाइबरसँगै क्याल्सियम पनि प्रचुर मात्रामा पाइन्छ । चिया सिडमा पाइने एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।

सेतो तिलको दानाः क्याल्सियमको कमीलाई हटाउन, सेतो तिललाई आहारमा समावेश गर्न सकिन्छ । यसमा प्रचुर मात्रामा क्याल्सियम हुन्छ । सेतो तिलमा म्याग्नेसियम र फस्फोरस पनि हुन्छ, जुन हड्डीका लागि आवश्यक हुन्छ। सेतो तिललाई रातभर पानीमा भिजाएर भोलिपल्ट खानुहोस् ।

स्वास्थ्यको अवस्था र चिकित्सकको सल्लाहमा सकेसम्म क्याल्सियमको सप्लिमेन्ट लिनुको सट्टा प्राकृतिक उल्लेखित खाने सेवन गर्नुहोस । यसबाट स्वास्थ्यमा कुनै हानि हुने छैन ।

सम्बन्धित खबर

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

पाकिस्तानमा ट्रक दुर्घटना : १५ जनाको मृत्यु, ८ घाइते

इस्लामावाद, असोज ३० — पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको एक सडक दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य…
विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा

काठमाडौं । नियमित दिनचर्याले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । स्वास्थ्यलाई दीर्घकालसम्म सुदृढ राख्न दैनिक जीवनका स–साना बानीहरूमा ध्यान दिनु जरुरी…
साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

साउथ एसियन स्कालर्स एकेडेमीलाई ‘कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय’ उपाधी

वीरेन्द्रनगर, सुर्खेत – वीरेन्द्रनगर-३, एरिचाेकमा सञ्चालित साउथ एसियन स्कालर्स एकेडेमीलाई प्रतिष्ठित नेपाल एजुकेशन अवार्ड २०२५ (NEA-2025) द्वारा कर्णाली प्रदेशको उत्कृष्ट विद्यालय…

Leave a Reply

Your email address will not be published. Required fields are marked *