• साउन १७, २०८१
  • No Comment
  • 46

बंगलादेशकाे बिद्यार्थी आन्दाेलन फेरी चर्कियाे

बङ्गलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा  प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।

उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ  अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।

रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।

सम्बन्धित खबर

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१, हर्षोल्लासका साथ मनाइँदै

आज संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१, हर्षोल्लासका साथ…

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल सरकारद्वारा आज बिहान…
राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा चौकुने गाउपालिकाले उत्कृष्ट हुने बिध्यार्थी र बिधालयलाई सम्मान तथा पुरस्कार बितरण 

राष्ट्रिय शिक्षा दिवसको उपलक्ष्यमा चौकुने गाउपालिकाले उत्कृष्ट हुने बिध्यार्थी…

दिलिप कडेल, चौकुने सुर्खेत। “ज्ञान ,बिज्ञान ,सीप, उधम र मौलिकता – साझेदारी र प्रणालीगत सक्षमता” भन्ने मुल नाराका साथ राष्ट्रिय शिक्षा…
दाङको तुलसीपुरमा रहेको श्री मावि सामुदायिक विद्यालय देशकै उत्कृष्ट घोषणा

दाङको तुलसीपुरमा रहेको श्री मावि सामुदायिक विद्यालय देशकै उत्कृष्ट…

दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेको श्री मावि सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट घोषणा भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले श्री…

Leave a Reply

Your email address will not be published. Required fields are marked *