• साउन १७, २०८१
  • No Comment
  • 138

बंगलादेशकाे बिद्यार्थी आन्दाेलन फेरी चर्कियाे

बङ्गलादेशमा पछिल्लो विरोध प्रदर्शनका क्रममा पीडित भएकाहरूको न्यायका लागि भन्दै विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका छन् । न्यायको माग गरेर भइरहेको प्रदर्शनका क्रममा  प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच झडप भएको छ ।

उत्तर–पूर्वी शहर सिल्हेटका एक अधिकारीले प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि उनीहरुतर्फ  अश्रुग्यास छर्न बाध्य भएको बताएका छन् । राजधानी ढाका र अन्य शहरमा पनि झडप भएको बीबीसीले जनाएको छ ।

रोजगारीमा कोटा प्रणाली हटाउनुपर्ने माग गर्दै बङ्गलादेशमा विद्यार्थीले गरेका पछिल्लो आन्दोलनमा २ सय जनाभन्दा धेरैको ज्यान गएको थियो ।

यस्तै झण्डै १० हजार मानिसलाई पक्राउ गरिएको विद्यार्थीको आरोप छ । पक्राउ परेकाहरुको रिहाइका लागि विद्यार्थीले फेरी आन्दोलन शुरु गरेका हुन् । उनीहरूले सामुहिक हत्या, पक्राउ, आक्रमण तथा बेपत्ता पार्ने कामविरुद्ध प्रदर्शन गरेको बताएका छन् ।

यसैबीच, बङ्गलादेश सरकारले जमात ए इस्लामी पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । कट्टरपन्थी पार्टी जमात ए इस्लामीले विद्यार्थी आन्दोलनको फाइदा उठाएको प्रधानमन्त्री शेख हसिना सरकारले आरोप लगाएको छ ।

सम्बन्धित खबर

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

चन्दननाथ नगरपालिकाले फोहर प्रशोधन सुरु गर्दै

जुम्लाको चन्दननाथ नगरपालिकाले नगरभित्र सङ्कलित प्लास्टिक र सिसाजन्य फोहर प्रशोधन गर्दै पुनः प्रयोगमा ल्याउने अभियान सुरु गरेको छ। नगरपालिकाले फोहर व्यवस्थापनलाई…
उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको सेवन गर्नु हानीकारक

उच्च रक्तचापको समस्यासहित यी शारीरिक समस्या भएका मानिसले बदामको…

बदामलाई विशेष पोषक तत्त्व मानिन्छ। जाडो मौसममा चिसो बदाम खान सबैलाई मनपर्छ। यसमा प्रोटिन, फाइबर, आइरन, जिंक, पोटासियम र फ्याटी एसिड…
जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी

तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका १० जना बिरामी परेका छन्। म्याग्दे गाउँपालिका-६ सर्वलाङका ३० वर्षीय नारायण मगरले आफ्नै बारीमा उम्रिएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *