• साउन १६, २०८१
  • No Comment
  • 200

मजदुरीका लागि भारततर्फ जाने क्रम बढ्दो

दिलिप कडेल, सुर्खेत । घरको काम सकेर यतिबेला सुर्खेत लगायत विभिन्न ठाउँबाट नागरिकहरु भारततर्फ जान थालेका छन । गाउँमा केही रोजगारी नभएपछि उनिहरु मजदुरीका लागि भारततिर जान शुरु गरेका हुन ।

बराहाताल गाँउपालिका वडा न ७ पैयुपानीका तिलक खत्री असारमा खेतको काम सकेर भारततिर मजदुरी गर्ने जान थालेको बताएका छन । गाउँमा कुनै रोजगारीको अवसर नहुँदा हिउँद र बर्षातको समयमा मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको बताएका छन । असारमा धान रोपेर जान्छौं । दशैका बेला आउछौ ,कार्तिकमा भित्र्याउने र मङ्सिरमा गहुँ छरेर बालबालिकाको पढाइ खर्च र घरपरिवारको लुगाफाटोका लागि भारत जाने गरेको बताए  ।

तिलक खत्रीसँग भारत जाँदै गरेका बयलिबाजका गंगाराम शर्माले पनि स्थानीय सरकारको मनोमानीका कारण सबै रोजगारी गुमेका कारणले बर्षमा दुई सिजन मजदुरीका लागि भारत जाने गरेको बताएका छन ।

पालिकाले प्रायः बजेट शिबिरमा खर्च गर्ने र सडक निर्माणका काममा स्काभेटर प्रयोग गर्ने भएकाले गाउमा काम गर्ने अवसर नपाएको गुनासो गर्दै रोजगारीका लागि भारत जानू पर्ने बाध्यता रहेको बताएका छन ।

सम्बन्धित खबर

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

रास्वपा नेता बदन भण्डारीमाथि आक्रमण

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि गएराति आक्रमण भएको छ। भण्डारीलाई काठमाडौँको कपनस्थित प्रगतिनगरस्थित…
सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सही समयमा केरा खाँदा फाइदा अनेकौँ

सस्तो, सजिलो र सुलभ फलफूलमध्ये पर्ने केरा स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ। विशेषज्ञहरूका अनुसार, उचित समयमा सेवन गरे यसको फाइदा धेरै…
कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

कर्णालीमा विद्यार्थीमाझ लोक सेवा आयोग कार्यक्रम सुरु

वीरेन्द्रनगर । लोक सेवा आयोगले आफ्नो हीरक जयन्ती वर्ष २०८२ तथा ७५ औं वार्षिकोत्सवको अवसरमा कर्णालीमा विद्यार्थीमाझ कार्यक्रम सुरु गरेको छ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *