• साउन १०, २०८१
  • No Comment
  • 54

आज राष्ट्रिय झण्डा आधा झुकाईने

सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सौर्य एयरलाइन्स जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाइने निणर्य गरेको हो ।

बुधबार बिहान भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । जहाजका पाइलट मनिष रत्न शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

सरकारले उक्त जहाज दुर्घटनाको बारेमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा छानबिन समिति गठन समेत गरेको छ ।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *