• बैशाख १४, २०८०
  • No Comment
  • 95

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त

काठमाण्डाै । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त हुनुभएकाे छ । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे ।

यसअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले दाबी पेस गर्नुभएकाे थियाे । उहाँलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात र स्वतन्त्र सांसद (दीपक मनाङे) काे समर्थन छ ।

नवनियुक्त मुख्यमन्त्री पाण्डेले भाेलि शुक्रवार पद तथा गाेपनीयताकाे शपथ लिने जनाइएकाे छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

सम्बन्धित खबर

दैलेखमा हसिया प्रहार गरी एकजनाकाे हत्या

दैलेखमा हसिया प्रहार गरी एकजनाकाे हत्या

दैलेखको दुल्लु नगरपालिका १३ मा हसिया प्रहार गरी एकजनाकाे हत्या गरीएकाे छ ।  दैलेखको दुल्लु नगरपालिका १३ खडिगाधारा बस्ने बर्ष ५६…
हिमाली भागमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

हिमाली भागमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा…
के तपाईलाई थाहा छ ? खाली पेट हिड्दा तौल कसरि घट्छ ? हेर्नुहाेस

के तपाईलाई थाहा छ ? खाली पेट हिड्दा तौल…

मोटोपनबाट ग्रस्त भएका मानिसहरू आफ्नो शरीरलाई पातलो बनाउन जे पनि गर्न तयार हुन्छन् । आजकल धेरैले आफ्नो फिटनेसमा ध्यान दिन थालेका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *