• असार २५, २०८१
  • No Comment
  • 474

सरकारको आर्थिक अवस्था कमजोर: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्।

मंगलबार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे।

“कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैंकलाई गाली पनि गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाचेको छ। नत्र त्यतिबेला नै व्यवसायको मृत्यु हुन्थ्यो होला। सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो। अर्थतन्त्रका केही पक्षहरु सबल छन्। फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ ।” उनले भने।

राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उनले बताए। घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै उनले राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे।

गभर्नर अधिकारीले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे। उनले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको जिकिर गरे।

“राष्ट्र बैंक मौद्रिक नीति मार्फत कुनलाई कस्तो सुविधा दिनसक्ने गरी नीति तर्जुमा गर्छौं। व्यवसायीहरुले सोचेका सबै कुराहरु गर्न सक्दैन। कर्जामा नेपाल राष्ट्र बैंकले रोकेको छ भन्नेकुरा छ। राष्ट्र बैंकले बाधेको छ भन्ने छ। राष्ट्र बैंकले बाँधेको डोरी देखाउनुपर्छ हामी बाँधेको डोरी फुकाइदिन्छौं।” उनले भने।

लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताउँदै उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने जिकिर गरे।

उनले भने “लोन टु भ्यालु रेसिया,जोखिम भार, ब्याजदर करिडोर लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्छन्। त्यो विषयमा पनि गहन छलफल गरेर एप्रोपिरेट नीतिहरु लिनेछौं। राष्ट्र बैंकले नीति लिँदा सर्वपरि मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ।”

सम्बन्धित खबर

Inoffizieller mitarbeiter Verde Casino nv casino Via 25 Euro…

Content Unser Besten Alternativen Zum 50 Euroletten Spielsaal Prämie Bloß Einzahlung | nv casino Spartacus Gladiator Of Rome Besorgen Die leser…
पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी मर्कामा

पुरानो खानेपानी मुहान सुकेपछि मावि च्युरामा खानेपानी अभाव बिधार्थी…

 फागुन,२९ सल्यान। गर्मी सिजन सुरु भएसँगै विद्यालयमा खानेपानीको चरम संकट उत्पन्न हुन थालेको छ । करिव १ हजारकाे हाराहारीमा रहेको विद्यार्थीलाई…

450 Welkomstbonus + 250 Gratis Spins

Ons uitgebreide loyaliteitssysteem is ontworpen om tastbare voordelen te bieden die je speelervaring verbeteren naarmate je door de rangen klimt. Blijf…

Leave a Reply

Your email address will not be published. Required fields are marked *