• असार २५, २०८१
  • No Comment
  • 418

सरकारको आर्थिक अवस्था कमजोर: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताएका छन्।

मंगलबार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा बोल्दै गभर्नर अधिकारीले अर्थतन्त्रका धेरै पक्ष बलियो भएपनि सरकारको आर्थिक पक्ष कमजोर भएको उल्लेख गरे।

“कोभिडको बेलामा सुविधा लिएको भनेर धेरै राष्ट्र बैंकलाई गाली पनि गरे तर त्यो बेला लिएको सुविधाले व्यवसाय बाचेको छ। नत्र त्यतिबेला नै व्यवसायको मृत्यु हुन्थ्यो होला। सुविधा दिनुको अर्थ अर्थतन्त्रलाई बचाउनु थियो। अर्थतन्त्रका केही पक्षहरु सबल छन्। फिजिकल साइट सरकारकै आफ्नै अवस्था कमजोर छ ।” उनले भने।

राष्ट्र बैंकले अर्थतन्त्रको वर्तमान अवस्थालाई हेरेर उचित मौद्रिक नीति ल्याउने उनले बताए। घरजग्गा कारोबार, साना तथा घरेलु उद्यमहरुमा दबाब र निर्माण क्षेत्रमा दबाब रहेको भन्दै उनले राष्ट्र बैंक मौद्रिक नीतिमार्फत क्षेत्रगत रुपमा दिनसक्ने सहजता अपनाउने उल्लेख गरे।

गभर्नर अधिकारीले पछिल्लो समय सबैले नेपाल राष्ट्र बैंकले कर्जा विस्तार लगायत अन्य विषयमा बाँधेर राख्यो भन्ने आरोप लागेको भन्दै आरोपको खण्डन गरे। उनले राष्ट्र बैंकले उद्योग व्यवसायलाई अफ्ठ्यारो पर्ने नीतिमा कहाँ बाँधेको छ बाँधेको डोरी देखाए फुकाउन तयार रहेको जिकिर गरे।

“राष्ट्र बैंक मौद्रिक नीति मार्फत कुनलाई कस्तो सुविधा दिनसक्ने गरी नीति तर्जुमा गर्छौं। व्यवसायीहरुले सोचेका सबै कुराहरु गर्न सक्दैन। कर्जामा नेपाल राष्ट्र बैंकले रोकेको छ भन्नेकुरा छ। राष्ट्र बैंकले बाधेको छ भन्ने छ। राष्ट्र बैंकले बाँधेको डोरी देखाउनुपर्छ हामी बाँधेको डोरी फुकाइदिन्छौं।” उनले भने।

लोन टु भ्यालु रेसियो, जोखिम भार लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्ने बताउँदै उनले त्यो विषयमा पनि गहन छलफल गरेर उचित नीति लिने जिकिर गरे।

उनले भने “लोन टु भ्यालु रेसिया,जोखिम भार, ब्याजदर करिडोर लगायतका विषयमा माइक्रो पोलिसी अन्तर्गत पर्छन्। त्यो विषयमा पनि गहन छलफल गरेर एप्रोपिरेट नीतिहरु लिनेछौं। राष्ट्र बैंकले नीति लिँदा सर्वपरि मुलुकको अर्थतन्त्रलाई राख्नुपर्छ।”

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *