• असार २५, २०८१
  • No Comment
  • 111

पहिलो अभ्यास खेलमा श्रीलङ्कासँग नेपाली महिला टोली पराजित

एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का विकास टोलीसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भएको हो।

वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले निर्धारित पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा ६३ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १७ र सिता राना मगरले ११ रन जोडिन् ।

पहिला ब्याटिङ गरेको श्रीलंकन टोलीले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो। नेपालका लागि सबनम राईले ३ विकेट लिइन् ।

नेपालले अब दोस्रो अभ्यास खेल बुधवार खेल्नेछ। तेस्रो अभ्यास खेल भने जुलाई १६ का दिन हुनेछ । नेपालले एसिया कपको उद्घाटन खेलमा जुलाई १९ मा युएई विरुद्ध खेल्नेछ। नेपालको समूहमा भारत र पाकिस्तान पनि छन् ।

सम्बन्धित खबर

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेतको चौकुनेमा नेपाल टेलिकमको टावर निर्माण हुदै

सुर्खेत जिल्लाको पश्चिम चौकुने गाउँपालिका वडा नम्बर ७ अमलटाकुरामा नेपाल टेलिकमको टावर निर्माण हुने भएको छ । चौकुने गाउँपालिकाका सबै वडा…
सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

सिद्धेस्वरी माध्यमिक विद्यालयमा ६० अौँ राष्ट्रिय बाल दिवसको अवसरमा…

दिलिप कडेल, चौकुने सुर्खेत। बालबालिकामा लगानी सुरक्षित भविष्यको थालनी” भन्ने नारा सहित ६० अौँ    राष्ट्रिय बाल दिवसको अवसर पारी हिजाे…
गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

गाजरको सेवनले गर्छ यति धेरै चमत्कारिक फाईदा

जागर सबैको भान्सा घरमा प्रयोग भइरहने चीज भएकाले परितित नै हुन्छन । यसलाई खानामा विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । गाजर…

Leave a Reply

Your email address will not be published. Required fields are marked *