• असार २५, २०८१
  • No Comment
  • 419

पहिलो अभ्यास खेलमा श्रीलङ्कासँग नेपाली महिला टोली पराजित

एसीसी महिला एसिया कपको तयारीका लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलङ्का विकास टोलीसँग डकवर्थ लुइस पद्धतिका आधारमा ३३ रनले पराजित भएको हो।

वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले निर्धारित पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा ६३ रन मात्र बनाउन सक्यो। नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १७ र सिता राना मगरले ११ रन जोडिन् ।

पहिला ब्याटिङ गरेको श्रीलंकन टोलीले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन बनाएको थियो। नेपालका लागि सबनम राईले ३ विकेट लिइन् ।

नेपालले अब दोस्रो अभ्यास खेल बुधवार खेल्नेछ। तेस्रो अभ्यास खेल भने जुलाई १६ का दिन हुनेछ । नेपालले एसिया कपको उद्घाटन खेलमा जुलाई १९ मा युएई विरुद्ध खेल्नेछ। नेपालको समूहमा भारत र पाकिस्तान पनि छन् ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *