• असार २५, २०८१
  • No Comment
  • 572

संसदीय छानबिन विशेष समितिले बुधबार सहकारी पीडितसँग छलफल गर्ने

सहकारी संस्था वचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरुसँग छलफल गर्ने भएको छ।

मंगलवार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरुसँग छलफल गर्ने निर्णय गरेको हो।

सहकारीका पीडितहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए।

आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो। बुधवार पीडितहरुसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरुको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ।

सभापति थापाले भने, ‘भोलि हामीले पीडितका प्रतिनिधिहरुसँग प्रतिनिधिमुलक ढंगले छलफल गर्ने योजना बनाएका छौं। २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमुलक पीडितहरुलाई बोलाएका छौं। सबै पीडितहरु बोलाएर छलफल गर्न सम्भव हुन्न। हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसावले सहकारीबाट पीडित रहेका पीडितहरुको कुरा सुन्ने कार्यक्रम बनाएका छौं।’

सम्बन्धित खबर

कर्णाली युवा आइकन मनिष जङ्ग शाहीद्वारा सात फिट अग्लो शिव मूर्ति स्थापना

कर्णाली युवा आइकन मनिष जङ्ग शाहीद्वारा सात फिट अग्लो…

कालिकोट : कालिकोट जिल्लाको महाबै गाउँपालिका–६ स्थित पान्तडी बजार क्षेत्रमा युवा व्यवसायी तथा कर्णाली युवा आइकन  मनिष जङ्ग शाहीद्वारा सात फिट…
उत्तर प्रदेशमा आँधीका कारण ५६ जनाको मृत्यु

उत्तर प्रदेशमा आँधीका कारण ५६ जनाको मृत्यु

काठमाडौं : भारतको उत्तर प्रदेशमा गएराति आएको भीषण आँधी र वर्षाका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते…
जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोटमा १८२२ रोपनी अवैध अफिम र गाँजा खेती नष्ट

जाजरकोट । जाजरकोटका विभिन्न स्थानीय तहमा व्यावसायिक रूपमा गरिएको अवैध अफिम र गाँजा खेती ठूलो परिमाणमा नष्ट गरेको छ। ‘लागु औषधमुक्त…

Leave a Reply

Your email address will not be published. Required fields are marked *