• जेष्ठ २६, २०८३
  • No Comment
  • 171

  सुर्खेतमा बैंकिङ कसूर मुद्दाका एक जना पक्राउ

सुर्खेत — बैंकिङ कसूर (चेक अनादर) मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयन अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको विशेष टोलीले  प्रतिवादीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार पक्राउ पर्नेमा  भेरीगंगा नगरपालिलका १ निवासी ३० वर्षीय लक्ष्मण  बि.क. रहेका छन्।

उनीविरुद्ध बैंकिङ कसूर सम्बन्धी मुद्दामा जिल्ला अदालत सुर्खेतले २०८२ वैशाख १५ गते ६ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना सजाय तोकेको थियो। फैसला पश्चात् फरार रहेका उनलाई खोजतलासका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–११ स्थित शिवशिखर सहकारी नजिकबाट मंगलबार  दिउँसो  उनलाई नियन्त्रणमा लिएको थियो।

पक्राउ परेका बि.क.लाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

विश्वकपका अमर कीर्तिमानतर्फ मेसीको अर्को कदम

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फेरि एकपटक विश्व फुटबलको केन्द्रमा आएका छन्। आफ्नो जीवनको छैटौँ विश्वकप प्रतियोगितामा मैदान उत्रिएसँगै उनले अर्को ऐतिहासिक…
चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन कार्यक्रम संचालन

चौकुने गाउँपालिकामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई दुईदिने उद्यमशीलता प्रवर्द्धन…

सुर्खेत। चौकुने गाउँपालिकाको रोजगार सेवा केन्द्रको आयोजनामा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई लक्षित गरी उद्यमशीलता प्रवर्द्धन दुई दिने कार्यक्रम संचालन भएको छ।…
चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

चौकुने गाउँपालिकामा मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको आयोजनामा मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित दुई दिने मेलमिलापकर्ताको क्षमता विकास तालिम सम्पन्न भएको छ। चौकुने गाउँपालिकाका…

Leave a Reply

Your email address will not be published. Required fields are marked *