- जेष्ठ ७, २०८३
- No Comment
- 6
“तिमिलाई हसाउने” रेशम नेप्किङको नयाँ म्युजिक भिडियो सार्वजनिक

नेपाली सांगीतिक क्षेत्रमा नयाँ म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक भएकाे छ। रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत रिलिज भएको भिडियोले सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
भिडियोमा रेशम नेप्किङ र प्रमिता राजघतानेको अभिनय रहेको छ। प्रेम, सम्बन्ध र भावनात्मक अनुभूतिलाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोले दर्शकमाझ राम्रो प्रभाव छोड्न सफल देखिन्छ।
गीतमा सुरेश लामा र अन्नु चौधरीको स्वर रहेको छ भने शब्द तथा संगीत रबिन भुसालले तयार गरेका हुन्। एरेन्ज बिशाल निरौला तथा मिक्सिङ/मास्टेरिङ रञ्जन राईले गरेका छन्।
विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन महेश महराले गरेका हुन्। सम्पादन बी. स्टार फिल्म्सले गरेको भिडियोमा कलर मिलान बिश्वकर्मा, मेकअप पूनम चौधरी र Dress Design भ्यालेन्टिनो द बुटिकको रहेको छ।
बी स्टार फिल्म्सको ब्यानरमा निर्माण गरिएको “तिमिलाई हसाउने” 4K गुणस्तरमा सार्वजनिक गरिएको हो। रोमान्टिक भावनाले भरिएको यस गीतले नेपाली संगीत क्षेत्रमा राम्रो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।



