• जेष्ठ ६, २०८३
  • No Comment
  • 4

चौकुने गाउँपालिका ४ बिजौराको जगन्नाथ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै गरिएको उक्त अनुगमनमा विभिन्न पसल तथा खाद्य व्यवसायहरूमा बिक्री भइरहेका वस्तुहरूको गुणस्तर, मिति, तथा मूल्यसूचीको अवस्थाबारे जाँच गरिएको थियो।

अनुगमन टोलीमा चौकुने गाउँपालिका उद्योग बाणिज्य शाखा उधम बिकास सहजकर्ता योगेन्द्र कुमार सापकोटा ,राजश्व शाखा प्रमुख कृष्ण गिरी, स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डेय, वडा नं. ४ का वडा अध्यक्ष टोपबहादुर बुढाक्षेत्री , महिला वडा सदस्य राधिका बि क तथा प्रहरी चौकी बिजौराका प्रहरी सहायक निरीक्षक जयलाल वुढा को सहभागिता रहेको थियो।

अनुगमनका क्रममा विभिन्न पसलहरूमा अखाद्य वस्तु, मिति नाघेका पेय पदार्थ, जंकफुड तथा अन्य उपभोग्य सामग्रीहरू फेला परेका थिए। उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने यस्ता सामग्रीहरूलाई तत्काल नियन्त्रणमा लिइएको थियो। त्यसैगरी, करिब ९ हजार रुपैयाँ बराबरका म्याद नाघेका तथा अखाद्य वस्तुहरू वडा नं. ४ का वडा अध्यक्ष टोपबहादुर बुढाक्षेत्री . र प्रहरी चौकी बिजौराको रोहवरमा सार्वजनिक रूपमा नष्ट गरिएको हो ।

अनुगमन टोलीले व्यापारीहरूलाई म्याद नाघेका सामान बिक्री नगर्न, सरसफाइमा ध्यान दिन, मूल्यसूची अनिवार्य राख्न तथा उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न सचेत गराएको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

सम्बन्धित खबर

हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा  क्षति

हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा  क्षति

नेप्का गाउँ — हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति…
खेलकुद पत्रकार मञ्च सुर्खेतमा नयाँ नेतृत्व, नविन शाही अध्यक्ष निर्वाचित

खेलकुद पत्रकार मञ्च सुर्खेतमा नयाँ नेतृत्व, नविन शाही अध्यक्ष…

वीरेन्द्रनगर — खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन्। बुधबार वीरेन्द्रनगरमा सम्पन्न साधारण सभाले शाहीको नेतृत्वमा…
रेशम नेप्किङको “तिमिलाई हसाउने” म्युजिक भिडियो चाँडै सार्वजनिक हुँदै

रेशम नेप्किङको “तिमिलाई हसाउने” म्युजिक भिडियो चाँडै सार्वजनिक हुँदै

सुर्खेत। नेपाली सांगीतिक क्षेत्रमा नयाँ म्युजिक भिडियो “तिमिलाई हसाउने” चाँडै सार्वजनिक हुने भएको छ। उक्त भिडियो  रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत…

Leave a Reply

Your email address will not be published. Required fields are marked *