• जेष्ठ ७, २०८३
  • No Comment
  • 2

सामुदायिक विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा शोभानचौर माविमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ३ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय शोभानचौर मा एसईई २०८२ मा सुर्खेत जिल्लामै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा हासिल गरेको अवसरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि चौकुने गाउँपालिका अध्यक्ष खडक बि.क. ले सामुदायिक विद्यालयबाट जिल्लाकै उत्कृष्ट नतिजा आउनु सम्पूर्ण चौकुने गाउँपालिकाकै गौरवको विषय भएको बताउनुभयो।

उहाँले सीमित स्रोत–साधन र विभिन्न चुनौतीका बाबजुद पनि विद्यालय परिवारको मेहनत, अनुशासन र समर्पणका कारण यस्तो ऐतिहासिक सफलता हासिल भएको उल्लेख गर्नुभयो। शिक्षा क्षेत्रको विकासका लागि गाउँपालिकाले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी कार्यक्रमका विशेष अतिथि चौकुने गाउँपालिका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले विद्यालयले हासिल गरेको उपलब्धि सम्पूर्ण सामुदायिक विद्यालयका लागि प्रेरणादायी बनेको बताउनुभयो।

उहाँले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र शिक्षकहरूको मेहनतकै कारण विद्यालयले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा पनि शैक्षिक सुधार र गुणस्तर अभिवृद्धिमा जोड दिनुपर्ने धारणा राख्नुभयो। त्यसैगरी विशेष अतिथि वडा न ३ का वडा अध्यक्ष गणेश कुमार रानामगर ले शोभानचौर माध्यमिक विद्यालयले हासिल गरेको सफलता वडा नं. ३ कै गौरवको विषय भएको बताउनुभयो। विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारको मेहनत र समर्पणकै कारण जिल्लाकै उत्कृष्ट नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालयको शैक्षिक विकास र पूर्वाधार सुधारका लागि वडाबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशर बहादुर नामजाली मगरले विद्यालयको सफलता सामूहिक प्रयासको प्रतिफल भएको बताउनुभयो। उहाँले शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारको निरन्तर मेहनतका कारण जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको उल्लेख गर्दै आगामी दिनमा विद्यालयलाई अझ गुणस्तरीय र नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने शिक्षक तथा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई समेत कदरपत्र प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयको यस उपलब्धिप्रति चौकुने गाउँपालिकाभरि खुसी तथा गौरवको वातावरण सिर्जना भएको प्रधानाध्यापक पदम बहादुर शाहीले बताउनु भएको छ ।।

सम्बन्धित खबर

“सावधान ! गलत तरिकाले चिया पिउँदा स्वास्थ्यमा असर पर्न सक्छ “

“सावधान ! गलत तरिकाले चिया पिउँदा स्वास्थ्यमा असर पर्न…

काठमाडौँ — बिहानको सुरुवातदेखि साथीभाइसँगको भेटघाटसम्म, चिया धेरै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। हरेक वर्ष मे २१ मा मनाइने…
चौकुने गाउँपालिका ४ बिजौराको जगन्नाथ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका ४ बिजौराको जगन्नाथ बजार अनुगमन, म्याद नाघेका…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा  क्षति

हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा  क्षति

नेप्का गाउँ — हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *