• जेष्ठ ६, २०८३
  • No Comment
  • 9

खेलकुद पत्रकार मञ्च सुर्खेतमा नयाँ नेतृत्व, नविन शाही अध्यक्ष निर्वाचित

वीरेन्द्रनगर — खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन्। बुधबार वीरेन्द्रनगरमा सम्पन्न साधारण सभाले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा केसी, सचिवमा अप्सरा विष्ट, कोषाध्यक्षमा सिर्जना बुढाथोकी तथा सहकोषाध्यक्षमा नविन सुवेदी निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरूमा राकेश पौडेल, टेकराज केसी, भावना रानामिलन श्रेष्ठ चयन भएका छन्।

साधारणसभामा निवर्तमान अध्यक्ष भानुभक्त अधिकारी ले खेलकुद पत्रकारिताको महत्व र जिम्मेवारीबारे धारणा राखेका थिए। कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद् का सदस्य सचिव रविन्द्र चन्द ले कर्णालीका खेलाडीलाई राष्ट्रिय स्तरमा पुर्‍याउन तथा खेलाडीको प्रोफाइल निर्माणमा नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्न तयार रहेको बताए।

त्यसैगरी नेपाल खेलकुद पत्रकार मञ्च का सदस्य नविन लुइँटेल ले आगामी दशौँ राष्ट्रिय प्रतियोगितामा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ का अध्यक्ष सुशीलराज शर्मा ले मोफसलमा रहेर विधागत पत्रकारिता गर्न चुनौतीपूर्ण रहेको बताउँदै लोककल्याणकारी विज्ञापन रोकिँदा मिडिया क्षेत्र प्रभावित भइरहेको धारणा राखे।

सम्बन्धित खबर

“सावधान ! गलत तरिकाले चिया पिउँदा स्वास्थ्यमा असर पर्न सक्छ “

“सावधान ! गलत तरिकाले चिया पिउँदा स्वास्थ्यमा असर पर्न…

काठमाडौँ — बिहानको सुरुवातदेखि साथीभाइसँगको भेटघाटसम्म, चिया धेरै मानिसहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। हरेक वर्ष मे २१ मा मनाइने…
चौकुने गाउँपालिका ४ बिजौराको जगन्नाथ बजार अनुगमन, म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट

चौकुने गाउँपालिका ४ बिजौराको जगन्नाथ बजार अनुगमन, म्याद नाघेका…

सुर्खेत। सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत उद्योग बाणिज्य शाखाको अगुवाइमा बिजौराको बजार क्षेत्रमा व्यापक अनुगमन गरिएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै…
हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा  क्षति

हुम्लाको नेप्का गाउँमा पहिरो: विद्यालयसहित खेतीयोग्य जमिनमा  क्षति

नेप्का गाउँ — हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा बुधबार बिहान आएको पहिरोले विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति…

Leave a Reply

Your email address will not be published. Required fields are marked *