• बैशाख २७, २०८३
  • No Comment
  • 17

आधारभुत स्वास्थ्य केन्द्र चौकुने–६ साल्मको नवनिर्मित भवन उद्घाटन सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिका वडा नं. ६ स्थित आधारभुत स्वास्थ्य केन्द्र साल्मको नवनिर्मित भवन विधिवत् रूपमा उद्घाटन गरिएको छ। वडा नं. ६ का वडा अध्यक्ष गोविन्द थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिकाका अध्यक्ष खडक विवस बास्पाने प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

यस्तै स्वास्थ्य शाखा प्रमुख गगन सिंह पाण्डे, रोजगार शाखा संयोजक कमल कृष्ण जैसी तथा स्वास्थ्य सेवा व्यवस्थापन समिति सदस्य ललित जंग बिष्ट विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खडक विवस बास्पानेले चौकुने गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले नयाँ भवन निर्माणसँगै स्थानीय नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

“स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता हो, त्यसैले गाउँपालिकाले स्वास्थ्य संस्थाको पूर्वाधार विकाससँगै सेवा विस्तारमा पनि निरन्तर ध्यान दिइरहेको ,” उहाँले बताउनुभयो। उहाँले आगामी दिनमा स्वास्थ्यकर्मी व्यवस्थापन, आवश्यक औषधि तथा उपकरणको उपलब्धतामा समेत गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।कार्यक्रममा उपस्थित वक्ताहरूले नवनिर्मित भवनले स्थानीयवासीलाई स्वास्थ्य सेवा लिन सहज हुने विश्वास व्यक्त गरेका थिए। भने कार्यक्रम सञ्चालन आधारभुत स्वास्थ्य केन्द्र साल्मका संस्था प्रमुख बिरेन्द्र बयकले गर्नुभएको थियो।

सम्बन्धित खबर

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

५ लाखको चेक बाउन्समा गाउँपालिका अध्यक्ष पक्राउ

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार शाहीले दिएको करिब पाँच…
चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

चौकुने गाउँपालिकामा ५० प्रतिशत अनुदानमा उन्नत धानको बीउ वितरण

सुर्खेत। चौकुने गाउँपालिका कृषि विकास शाखा ले ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउकिसानहरुलाई वितरण सुरु गरेको छ। गाउँपालिकाले धान रोपाइँ…
गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

काठमाडौं । गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्न पर्याप्त पानी पिउनु अत्यन्त आवश्यक मानिन्छ । तर तिर्खा लाग्दा धेरैलाई एउटा प्रश्नले अलमल्याउँछ—फ्रिजको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *