यातायात कार्यालयबाट सात बिचौलिया पक्राउ
काठमाडौं | काठमाडौं महानगरपालिका–१५ सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालय बाट सात जना बिचौलिया पक्राउ परेका छन्।
सेवाग्राहीको सवारी दर्ता किताब (बिलबुक) नवीकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध गरेको अभियोगमा प्रहरी वृत्त स्वयम्भू बाट खटिएको टोलीले आज अपराह्न उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापका ३९ वर्षीय विज्ञान राई, काठमाडौंका ३१ वर्षीय सञ्जय राजवाहक र ३६ वर्षीय विमल तामाङ, रामेछापका ३५ वर्षीय रमेश कार्की, धादिङकी ३६ वर्षीया कल्पना लम्साल तथा नुवाकोटका ३९ वर्षीय उद्धव खनाल रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट रु १ लाख २२ हजार नगद तथा ५३ थान बिलबुक बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।