• चैत्र १७, २०८२
  • No Comment
  • 11

वैदेशिक रोजगारीका लागि स्वास्थ्य परीक्षण अब जुनसुकै मान्यता प्राप्त अस्पतालमा

काठमाडौं | वैदेशिक रोजगारीमा जाने कामदारले अब सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट स्वास्थ्य परीक्षण गर्न पाउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले यससम्बन्धी नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

मन्त्री दिपककुमार साह को नेतृत्वमा बसेको मन्त्रिस्तरीय बैठकले स्वास्थ्य परीक्षणका लागि इच्छुक स्वास्थ्य संस्थाहरूको सूचीकरण खुला गर्ने निर्णय समेत गरेको छ। साथै, “स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि, २०७२” को दफा ३ अनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

यसअघि सीमित स्वास्थ्य संस्थामार्फत मात्र परीक्षण हुँदै आएकोमा अब दायरा विस्तार गरिँदा सेवामा सहजता आउने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार हालसम्म १९४ स्वास्थ्य संस्थाले नवीकरण गरी वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्दै आएका छन्।

यता, नेपाल मेडिकल व्यवसायी सङ्घ का महासचिव कृष्णप्रसाद बजगाईं ले कार्यविधि कार्यान्वयन सकारात्मक भए पनि निजी क्षेत्रका स्वास्थ्य संस्था र व्यवसायीको उचित व्यवस्थापन आवश्यक रहेको बताएका छन्।

सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई स्वास्थ्य परीक्षणमा थप सहजता र पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

काठमाडौं — व्यवसायी दीपक भट्टलाई प्रहरीले ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिइएको विषयमा एक प्रहरी अधिकारीले जानकारी दिएका…
सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना…

सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *