• चैत्र १६, २०८२
  • No Comment
  • 14

युरोपमा ४ लाखभन्दा बढी किटक्याट चकलेट चोरी

काठमाडौं । विश्वप्रसिद्ध चकलेट ब्रान्ड किटक्याटको ठूलो परिमाण युरोपमा चोरी भएको घटना सार्वजनिक भएको छ। बहुराष्ट्रिय कम्पनी नेस्लेले आफ्ना उत्पादन ढुवानीका क्रममा चोरी भएको पुष्टि गरेको हो।

कम्पनीका अनुसार मध्य इटालीस्थित कारखानाबाट पोल्याण्डतर्फ ढुवानी हुँदै गर्दा करिब १२ टन किटक्याट चकलेट चोरी भएको हो। चोरी भएको उक्त परिमाणमा करिब ४ लाख १३ हजारभन्दा बढी चकलेट बारहरू रहेको जनाइएको छ।

नेस्लेले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घटनाबारे स्थानीय अधिकारी र आपूर्ति शृङ्खलासँग सहकार्य गरी अनुसन्धान भइरहेको जनाएको छ। कम्पनीले ग्राहक सुरक्षामा कुनै खतरा नरहेको र बजार आपूर्तिमा पनि कुनै असर नपर्ने स्पष्ट पारेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यति ठूलो परिमाणमा खाद्य सामग्री चोरी भएको घटना दुर्लभ मानिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान र सामानको अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

हाल सम्बन्धित निकायहरूले घटनाको अनुसन्धान अघि बढाइरहेका छन्।

सम्बन्धित खबर

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना…

सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…
आजदेखि SEE परीक्षा सञ्चालन

आजदेखि SEE परीक्षा सञ्चालन

सुर्खेत । सुर्खेत जिल्लाको चौकुने गाउँपालिका अन्तर्गत झकमके गुटुस्थित जीवन ज्योति माध्यमिक विद्यालयमा आजदेखि माध्यमिक शिक्षा परीक्षा (SEE) सञ्चालन सुरु भएको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *