• चैत्र १५, २०८२
  • No Comment
  • 16

जुम्ला–रारा अल्ट्रा म्याराथन वैशाखमा सुरु हुने

जुम्ला । कर्णाली क्षेत्रको चर्चित जुम्ला–रारा अल्ट्रा म्याराथन को सातौँ संस्करण आगामी वैशाख २६ गतेदेखि सुरु हुने भएको छ।

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता जुम्ला सदरमुकाम खलङ्गा बजारबाट सुरु हुने क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिएका छन्। प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका धावकहरूको सहभागिता रहने बताइएको छ।

कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्य र साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष शाहीको भनाइ छ। सहभागी हुनका लागि सूचना प्रकाशित गरिसकिएको छ।

प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर, दश किलोमिटर र ५१ किलोमिटर दूरीका दौड समावेश गरिएका छन्। पाँच किलोमिटर दौडमा कर्मचारी, उद्योगी–व्यापारी तथा इच्छुक सर्वसाधारण सहभागी हुन सक्नेछन्, जसका लागि ५०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ। दश किलोमिटर दौडमा १८ वर्षमुनिका बालबालिकाका लागि दर्ता शुल्क निःशुल्क गरिएको छ।

त्यस्तै ५१ किलोमिटर अल्ट्रा म्याराथनतर्फ स्थानीय धावकका लागि ३ हजार रुपैयाँ र अन्य धावकका लागि ५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ।

पुरस्कारतर्फ पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिनेछ। दश किलोमिटरतर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार रुपैयाँ दिइनेछ।

५१ किलोमिटर अल्ट्रा म्याराथनतर्फ प्रथम हुने धावकलाई १ लाख रुपैयाँ, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार तथा चौथो र पाँचौँ हुनेलाई समान २०–२० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकहरूले आगामी वैशाख २० गतेसम्म नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित खबर

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

व्यवसायी दीपक भट्ट पाटनबाट पक्राउ 

काठमाडौं — व्यवसायी दीपक भट्टलाई प्रहरीले ललितपुरको पाटन क्षेत्रबाट पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिइएको विषयमा एक प्रहरी अधिकारीले जानकारी दिएका…
सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना बिचौलिया पक्राउ

सुर्खेतका यातायात र मालपोत कार्यालयमा प्रहरीको छापा: १६ जना…

सुर्खेत, १९ चैत । सुर्खेतकाे वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने तथा काम गरिदिने बहानामा रकम असुल्ने १६…
बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बिचौलिया अन्त्य गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बुटवल। दानबहादुर कार्कीले बिचौलियाको प्रचलन अन्त्य गर्न तथा निःशुल्क निवेदन लेख्ने व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिएका छन्। इलाका प्रहरी कार्यालय बुटवल परिसरमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *