• चैत्र १२, २०८२
  • No Comment
  • 11

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

 काठमाडौं — देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा आज केही प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग तथा बागमती प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

आज दिउँसो देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मौसम सफा रहने अनुमान गरिएको छ। यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा अन्य पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति पनि हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसममा आउने परिवर्तनलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

सम्बन्धित खबर

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु

ढाका — बङ्गलादेशको पद्मा नदीमा यात्रु बस खस्दा कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते तथा बेपत्ता भएका…
यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ यस्तो

यस्ता व्यक्तिले आजैबाट खान छोड्नुस मासु ,नत्र हुन सक्छ…

काठमाडौं — नेपाली समाजमा मासु, चिल्लो खाना, गुलियो पदार्थ तथा मदिराको प्रयोग बढ्दो क्रममा रहेको छ। तर चिकित्सकहरूका अनुसार केही रोग…
सडक निर्माणका क्रममा पहरा खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

सडक निर्माणका क्रममा पहरा खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

 लमजुङ — जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा सडक निर्माणका क्रममा पहरा खस्दा एक चालक एक्स्काभेटरसहित पुरिएका छन्। बुधबार बिहान करिब ९:५० बजे खुदी–भुजुङ…

Leave a Reply

Your email address will not be published. Required fields are marked *