- चैत्र ११, २०८२
- No Comment
- 4
चिया धेरै पिउदा गर्छ यस्तो बेफाइदा हेर्नुहोस्
नेपालमा चिया दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। कतिपयले बिहानदेखि बेलुकासम्म पटक–पटक चिया पिउने बानी बसालेका हुन्छन्। यद्यपि, स्वास्थ्य विज्ञहरूका अनुसार अत्यधिक चिया सेवनले शरीरमा विभिन्न नकारात्मक असर पार्न सक्छ।
विशेषगरी दूध चिया अत्यधिक पिउँदा समस्या बढ्ने बताइएको छ भने सामान्य मात्रामा कालो चिया केही हदसम्म लाभदायक मानिन्छ। तर मात्रा नियन्त्रण नगर्दा यसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
धेरै चिया पिउँदा देखिने सम्भावित बेफाइदाहरू:
- अत्यधिक चिया सेवनले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ।
- चियापत्ती धेरैबेर उमालेर बनाइएको चिया स्वास्थ्यका लागि हानिकारक हुन्छ।
- धेरैले चियाले शरीर तताउँछ भन्ने विश्वास गरे पनि यसको प्रत्यक्ष प्रभाव त्यस्तो हुँदैन।
- एकैचोटि बनाएको चिया पटक–पटक तताएर पिउनु स्वास्थ्यका लागि राम्रो मानिँदैन।
- अत्यधिक तातो चिया पिउँदा भोजन नलीमा समस्या आउन सक्छ।
- चिया अत्यन्त तातो नभई केही सेलाएर पिउनु उपयुक्त हुन्छ।
- धेरै चियापत्ती प्रयोग गर्दा शरीरमा नकारात्मक असर पर्न सक्छ।
- दैनिक तीन कपभन्दा बढी चिया पिउँदा एसिडिटीको समस्या बढ्न सक्छ।
- चियामा रहेको क्याफिनले लत लाग्ने सम्भावना हुन्छ।
- धेरै चिया पिउँदा पाचन प्रणालीमा समस्या देखिन सक्छ।
- दाँतमा दाग बस्ने तथा क्याभिटीको जोखिम बढ्छ।
- अनिद्राको समस्या देखा पर्न सक्छ।
- भोको पेटमा चिया पिउँदा अपच र पेट फुल्ने समस्या हुन सक्छ।
- अत्यधिक चिया सेवनले भोक कम लाग्ने र पोषणको कमी हुन सक्छ।
- गाढा चिया धेरै पिउँदा अल्सरको जोखिम बढ्ने सम्भावना हुन्छ।
चिया पूर्ण रूपमा त्याग्नुपर्ने पेय नभए पनि यसको मात्रा र सेवन गर्ने तरिका महत्त्वपूर्ण हुन्छ। स्वास्थ्यलाई ध्यानमा राख्दै दिनमा सीमित मात्रामा, उचित तापक्रममा र सही तरिकाले चिया सेवन गर्नु आवश्यक रहेको विज्ञहरूको सुझाव छ।