• चैत्र ११, २०८२
  • No Comment
  • 3

सडक निर्माणका क्रममा पहरा खस्यो, एक्स्काभेटरसहित चालक पुरिए

 लमजुङ — जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा सडक निर्माणका क्रममा पहरा खस्दा एक चालक एक्स्काभेटरसहित पुरिएका छन्।

बुधबार बिहान करिब ९:५० बजे खुदी–भुजुङ सडक खण्ड अन्तर्गत मर्स्याङ्दी गाउँपालिका–२ स्थित भदौरे नजिकै उक्त दुर्घटना भएको हो। ढुंगा फुटाउने क्रममा माथिबाट एक्कासि खसेको पहराले काम गरिरहेको एक्स्काभेटरलाई च्यापेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

दुर्घटनामा परेका चालक करिब ३० देखि ३२ वर्ष उमेरका पुरुष रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। यद्यपि, उनको पहिचान अझै खुलेको छैन।

घटनापछि तत्कालै उद्धार प्रयास सुरु गरिए पनि घटनास्थलमा रहेको सानो मेसिनले च्यापिएको एक्स्काभेटर हटाउन नसक्दा केही समय कठिनाइ भएको थियो।

प्रहरीका अनुसार अहिले चालकलाई सुरक्षित रूपमा निकाल्न थप शक्तिशाली एक्स्काभेटर घटनास्थलमा पठाइएको छ र उद्धार कार्य जारी रहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चिया धेरै पिउदा गर्छ यस्तो बेफाइदा हेर्नुहोस्

चिया धेरै पिउदा गर्छ यस्तो बेफाइदा हेर्नुहोस्

 नेपालमा चिया दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ। कतिपयले बिहानदेखि बेलुकासम्म पटक–पटक चिया पिउने बानी बसालेका हुन्छन्। यद्यपि, स्वास्थ्य विज्ञहरूका अनुसार…
चौकुने गाउँपालिका वडा नं. ४ बिजौरामा दिगो वन ,समृद्ध जीवन नारासहित योजना तर्जुमा गोष्ठी सम्पन्न

चौकुने गाउँपालिका वडा नं. ४ बिजौरामा दिगो वन ,समृद्ध…

सुर्खेत।  “दिगो वन–समृद्ध जीवन, बनलाई डढेलोबाट बचाऔं, बन अतिक्रमणबाट बचाऔं” भन्ने मूल नाराका साथ सब डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा…
जापानमा निधन भएका दैलेखका विद्यार्थीको शव ल्याउने प्रक्रिया अन्तिम चरणमा

जापानमा निधन भएका दैलेखका विद्यार्थीको शव ल्याउने प्रक्रिया अन्तिम…

सुर्खेत — दैलेखका एक विद्यार्थीको जापानमा निधन भएपछि उनको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सरकारी पहल र सरोकारवाला…

Leave a Reply

Your email address will not be published. Required fields are marked *