• फाल्गुन ७, २०८२
  • No Comment
  • 47

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन कर्णाली प्रदेशको १२औँ अधिवेशन सम्पन्न

सुर्खेत। नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन कर्णाली प्रदेश समितिको १२औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन युनियनका केन्द्रीय अध्यक्ष रामेश्वर प्रसाद पौडेल को प्रमुख आतिथ्यता तथा प्राधिकरण कर्णाली प्रदेशको विशेष उपस्थितिमा सम्पन्न भएको हो।

कर्णाली प्रदेशका विभिन्न इकाइबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको अधिवेशनले संगठनलाई थप सशक्त, एकताबद्ध र कर्मचारी–मैत्री बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ।

अधिवेशनबाट पदम बुढा अध्यक्षमा चयन भएका छन्। यस्तै, उपाध्यक्षमा रेवन्त केसी, सचिवमा दिप शिखा लावड र कोषाध्यक्षमा मैनादेवी बम चयन भएका छन्।

निर्वाचित सदस्यहरू

रत्नाकर बिक, मदन भण्डारी, डिल बहादुर बुढा, दिपक रोका, प्रवेश नेपाली, धनजन्य शाह र सम्झना शाही सदस्यमा निर्वाचित भएका छन्।

प्रदेश सल्लाहकार

बल प्रसाद उपाध्याय

केन्द्रीय प्रतिनिधिहरू

माधव प्रसाद ढकाल, सन्जु सिंखडा, उल्का खुमारी बदा, गणेश बुढामिकी, विमल सिंह, तेजेन्द्र बहादुर शाही, भूपेन्द्र मल्ल, संगिता यादव, हरिष चन्द्र थापा, पुष्प सुनार र राज बहादुर बस्नेत चयन भएका छन्।

समापन सत्रमा वक्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै कर्मचारीका हक–हित संरक्षण, सेवा–सुविधा अभिवृद्धि तथा संस्थागत सुधारमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए। नयाँ कार्यसमितिले पनि संगठनलाई गतिशील बनाउँदै कर्णाली प्रदेशका कर्मचारीको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

कर्णाली नदीमा डुङ्गा पल्टिँदा घाँस काटेर फर्कँदै गरेका बाबु-छोरा बेपत्ता

कर्णाली नदीमा डुङ्गा पल्टिँदा घाँस काटेर फर्कँदै गरेका बाबु-छोरा…

अछामको तुर्माखाँद गाउँपालिका हुँदै बग्ने कर्णाली नदीमा डुङ्गा दुर्घटना हुँदा एकै परिवारका दुई जना बेपत्ता भएका छन्। वैशाख ३ गते साँझ…
आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन

 काठमाडौं । आज वैशाख कृष्ण औँसीका अवसरमा देशभर मातातीर्थ औँसी, अर्थात् आमाको मुख हेर्ने दिन श्रद्धा र सम्मानका साथ मनाइँदैछ। यस…
जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोटमा बेवारिसे पुरुषको शव फेला 

जाजरकोट, ३ वैशाख । जाजरकोट जिल्ला को छेडागाड नगरपालिका मा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।  बिहिबार बिहान वडा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *