• माघ १३, २०८२
  • No Comment
  • 122

अभिभावक र विद्यालय शिक्षकहरूसँग प्रहरीद्वारा लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

पञ्चपुरी। सुर्खेतकाे पञ्चपुरी नगरपालिका–६,स्थित श्री विद्याज्योती माध्यमिक विद्यालयमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय, सुर्खेतको आयोजनामा अभिभावक शिक्षा सम्बन्धी तालिम २०८२ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिक्षक, स्थानीय अभिभावकहरू तथा समाजका प्रतिनिधिहरूको उपस्थितिमा ईलाका प्रहरी कार्यलय बाबियाचौरका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी चेतना फैलाउने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रहरी निरीक्षक शाहीले कार्यक्रममा अभिभावकहरूको सक्रिय भूमिका, बालबालिकामा सकारात्मक मूल्य शिक्षा, र समुदायमा सुरक्षित वातावरण सिर्जना गर्न अभिभावकहरूको सहयोग अनिवार्य रहेको बताउनुभयो। उहाँले लागूऔषधको दुष्प्रभाव, यसबाट व्यक्तिगत स्वास्थ्य र सामाजिक जीवनमा पर्ने नकारात्मक असरका साथै रोकथामका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव र चुनौतीहरू साटासाट गर्दै अभिभावक र शिक्षकहरूमाझ लागूऔषधबाट बच्नका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका थिए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *