• पुस १४, २०८२
  • No Comment
  • 103

पूर्व गृहमन्त्री लेखक आज जाँचबुझ आयोगमा बयान दिन जाँदै

काठमाडौँ । पूर्व गृहमन्त्री रमेश लेखक भदौ २३ र २४ गते भएका घटनासम्बन्धी जाँचबुझ आयोगमा आज बयान दिन उपस्थित हुने भएका छन् । भदौ २३ गते भएको आन्दोलनका क्रममा विद्यार्थीहरूमाथि बल प्रयोग गरिएको विषयमा आयोगले उनीसँग सोधपुछ गर्न लागेको हो ।

आन्दोलनको घटनाबारे छानबिनका लागि गठित आयोगले पूर्व गृहमन्त्री लेखकलाई पुस १३ गते नै उपस्थित हुन पत्राचार गरेको थियो । सोही अनुरूप उनी आज दिउँसो १२ बजे आयोगको कार्यालयमा बयान दिन जाने तयारीमा रहेका छन् ।

जेन–जेड आन्दोलन चर्किएको समयमा लेखक गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए । त्यसबेला भएका गतिविधि, सुरक्षा निकायको भूमिका र निर्णय प्रक्रियाबारे आयोगले स्पष्टिकरण लिने बताइएको छ ।

आयोगले यसअघि पनि घटनासँग सम्बन्धित विभिन्न व्यक्ति तथा निकायका प्रतिनिधिसँग बयान लिँदै आएको छ । विद्यार्थीमाथि भएको बल प्रयोगको सत्यतथ्य पत्ता लगाई जिम्मेवार पक्ष पहिचान गर्ने उद्देश्यसहित छानबिनलाई तीव्रता दिइएको आयोगको भनाइ छ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *