• पुस ६, २०८२
  • No Comment
  • 97

गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

डोल्पा — डोल्पाकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आइतबार डोल्पोबुद्ध–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो।

दुर्गम क्षेत्रका गर्भवती महिलालाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले मातृ तथा नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको सेनाले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *