• पुस ६, २०८२
  • No Comment
  • 13

गर्भवती महिलाको सेनाको हेलिकप्टरमार्फत उद्धार

डोल्पा — डोल्पाकी एक गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। आइतबार डोल्पोबुद्ध–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।

सेनाका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको गर्भवती तथा सुत्केरी महिलाहरूका लागि हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो।

दुर्गम क्षेत्रका गर्भवती महिलालाई समयमै उपचार उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले मातृ तथा नवजात शिशुको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको सेनाले जनाएको छ।

सम्बन्धित खबर

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित: १९ जनाको मृत्यु, हजारौँ विस्थापित

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित: १९ जनाको मृत्यु,…

न्होम्पेन — थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद चर्किँदै जाँदा कम्बोडियामा जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। विवादको १५औँ दिनसम्म आइपुग्दा कम्तीमा १९ जना…
दिनहुँ आलु खाए के हुन्छ ?

दिनहुँ आलु खाए के हुन्छ ?

काठमाडौं — नेपाली भान्सामा प्रायः दैनिक प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । सस्तो, सजिलै पाइने र छिटो पक्ने भएकाले आलु…
सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम सुरू हुँदै

सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम सुरू हुँदै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा राष्ट्रिय स्तरको अपाङ्ग खेलकुद कार्यक्रम आयोजना हुने भएको छ। पारा फाउन्डेसन सुर्खेत शाखाको आयोजनामा वीरेन्द्रनगरमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *