• मंसिर २४, २०८२
  • No Comment
  • 153

दैनिक दही खानुका यी हुन् १० फाइदा

काठमाडौं । दहीलाई स्वास्थ्यका लागि प्रकृतिले दिएको महत्त्वपूर्ण उपहार मानिन्छ। पोषणले भरिपूर्ण यो खाद्यपदार्थमा फाइबर, प्रोटिन, सुगर, फ्याटसँगै विभिन्न भिटामिन र मिनरल्स प्रशस्त मात्रामा पाइने भएकाले नियमित सेवन स्वास्थ्यका लागि लाभदायक मानिन्छ।
इतिहासअनुसार भारतीय उपमहाद्विपमा पाँच हजार वर्षअघि नै दही सेवन सुरु भएको बताइन्छ। भगवान श्रीकृष्णको कथासँग दहीको सम्बन्ध रहेकै कारण यसलाई धार्मिक–सांस्कृतिक महत्व पनि छ। युरोपेली मुलुक बुल्गेरियाले पनि दहीको उत्पत्तिमा दाबी गर्दै आएको छ, जहाँ करिब चार हजार वर्षपहिले दही सेवन थालिएको दाबी गरिन्छ।
दहीमा पाइने पोषक तत्वले पाचन प्रणाली सुधार गर्ने, इम्युन सिस्टम बलियो बनाउने, तौल सन्तुलनमा राख्ने तथा हड्डी सुदृढ बनाउने भूमिकासहित धेरै फाइदा दिने तथ्य वैज्ञानिकहरूले पुष्टि गर्दै आएका छन्।
दैनिक दही सेवनका १० प्रमुख फाइदा
– पाचन प्रणाली मजबुत बनाउँछ
– रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ
– हड्डी र दाँतलाई मजबुत बनाउँछ
– तौल व्यवस्थापनमा सहायक हुन्छ
– मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ
– छालाको स्वास्थ्यका लागि लाभदायक
– रक्तमा सुगरको मात्रा नियन्त्रणमा राख्छ
– तनाव र एन्जाइटी कम गर्न मद्दत गर्छ
– कपालको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ
– शरीरलाई हाइड्रेटेड राख्न सहयोग गर्छ
विशेषज्ञहरूका अनुसार, दहीलाई दैनिक खानपानमा समावेश गर्दा शरीरलाई आवश्यक पोषकतत्व सजिलै प्राप्त हुन्छ र समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *