- मंसिर १६, २०८२
- No Comment
- 21
कीर्तिपुरमा कुशल मल्लको छक्का प्रहारले चियर लिडर घाइते
काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलका क्रममा चितवन राइनोजका कप्तान कुशल मल्लको छक्का प्रहारबाट एक चियर लिडर घाइते भएकी छन्।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा मल्लले प्रहार गरेको बल चियर लिडर शर्मिला विकको अनुहारमा लागेपछि उनी गम्भीर रूपमा घाइते भएकी हुन्। बल लाग्नेबित्तिकै उनी रगताम्मे भएकी थिइन्।
घाइते विकलाई तत्काल उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको छ। चिकित्सकका अनुसार उनको अनुहारमा चोट लागेको छ र थप उपचार भइरहेको छ।