• मंसिर १६, २०८२
  • No Comment
  • 92

अदुवा सेवन स्वास्थ्यका लागि अत्यन्त लाभदायक

नेपाली भान्साको नियमित मसला मानिने अदुवा स्वास्थ्यका दृष्टिले पनि निकै उपयोगी रहेको विज्ञहरू बताउँछन्। भान्सामा प्रायः प्रयोग गरिने भए पनि कतिपयले दैनिक सेवन गर्न बेवास्ता गर्ने गरेको पाइन्छ। तर, अदुवामा पाइने भिटामिन, मिनरल्स तथा अन्य जैविक तत्वका कारण यसको औषधीय महत्त्व अत्यधिक छ।
आयुर्वेदमा अदुवाको प्रयोग प्राचीनकालदेखि हुँदै आएको छ। विशेषज्ञका अनुसार अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्या हटाउने मात्र होइन, जोर्नी सुन्निने समस्यामा पनि सुधार ल्याउँछ। अनुसन्धानहरूले अदुवामा क्यान्सर तथा मुटुरोगविरुद्ध लड्न सहयोग गर्ने तत्व रहेको देखाएका छन्। साथै, यसले मस्तिष्कको कार्यसम्पादनमा पनि सुधार ल्याउने जनाइएको छ।
अदुवा सेवनका प्रमुख फाइदा
– शरीर सुन्निएमा चाँडो सुकाउने
– अपच तथा पेटसम्बन्धी समस्या कमी गर्ने
– बिहान हुने वाकवाकी हटाउने
– मांशपेसीको दुखाइ कम गर्ने
– महिनावारीको दुखाइ न्यूनीकरण
– कोलेस्टेरोल सन्तुलनमा मद्दत
– प्रतिरोधात्मक क्षमता बढाउने
स्वास्थ्य लाभका कारण अदुवालाई दैनिक खानेकुरामा समावेश गर्न चिकित्सकहरू सुझाव दिन्छन्।

सम्बन्धित खबर

सुर्खेतबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल फेला

वीरेन्द्रनगर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट हराएका एकै परिवारका तीन बालबालिका सकुशल अवस्थामा फेला परेका छन् । जिल्ला कालिकोट रास्कोट नगरपालिका–८ घर…
यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

यूएईले अस्थायी रूपमा बन्द गर्‍यो हवाई क्षेत्र

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका बीच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।…
यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ कि ?

यी सातथरी मानिसले पिउनुहुँदैन ग्रीन टी, तपाईं पनि पर्नुहुन्छ…

 काठमाडौं । पछिल्लो समय स्वस्थ जीवनशैली अपनाउने क्रमसँगै ग्रीन टी पिउने मानिसहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ । तौल नियन्त्रणदेखि शरीरलाई…

Leave a Reply

Your email address will not be published. Required fields are marked *