• मंसिर १६, २०८२
  • No Comment
  • 38

अदुवा सेवन स्वास्थ्यका लागि अत्यन्त लाभदायक

नेपाली भान्साको नियमित मसला मानिने अदुवा स्वास्थ्यका दृष्टिले पनि निकै उपयोगी रहेको विज्ञहरू बताउँछन्। भान्सामा प्रायः प्रयोग गरिने भए पनि कतिपयले दैनिक सेवन गर्न बेवास्ता गर्ने गरेको पाइन्छ। तर, अदुवामा पाइने भिटामिन, मिनरल्स तथा अन्य जैविक तत्वका कारण यसको औषधीय महत्त्व अत्यधिक छ।
आयुर्वेदमा अदुवाको प्रयोग प्राचीनकालदेखि हुँदै आएको छ। विशेषज्ञका अनुसार अदुवाको नियमित सेवनले वाकवाकी तथा बान्ता हुने समस्या हटाउने मात्र होइन, जोर्नी सुन्निने समस्यामा पनि सुधार ल्याउँछ। अनुसन्धानहरूले अदुवामा क्यान्सर तथा मुटुरोगविरुद्ध लड्न सहयोग गर्ने तत्व रहेको देखाएका छन्। साथै, यसले मस्तिष्कको कार्यसम्पादनमा पनि सुधार ल्याउने जनाइएको छ।
अदुवा सेवनका प्रमुख फाइदा
– शरीर सुन्निएमा चाँडो सुकाउने
– अपच तथा पेटसम्बन्धी समस्या कमी गर्ने
– बिहान हुने वाकवाकी हटाउने
– मांशपेसीको दुखाइ कम गर्ने
– महिनावारीको दुखाइ न्यूनीकरण
– कोलेस्टेरोल सन्तुलनमा मद्दत
– प्रतिरोधात्मक क्षमता बढाउने
स्वास्थ्य लाभका कारण अदुवालाई दैनिक खानेकुरामा समावेश गर्न चिकित्सकहरू सुझाव दिन्छन्।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *