• मंसिर १५, २०८२
  • No Comment
  • 103

सुर्खेतमा पत्रकार आचार्यको मृत्यु प्रकरण : किटानी जाहेरीपछि अन्त्येष्टि

सुर्खेत। सुर्खेतमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका पत्रकार वीरेन्द्र आचार्यप्रति उनका परिवारजनले किटानी जाहेरी दर्ता गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता गरिएको किटानी जाहेरीमा २२ वर्षीय यामबहादुर शाहीकाे नाम रहेकाे प्रहरीले जनाएको छ।

पत्रकार आचार्यका भतिजा भिमप्रसाद आचार्यले दुर्घटना सामान्य नभई रहस्यमय भएको दाबी गरेका छन्। उनका अनुसार परिवारले शंका गरेका व्यक्तिहरूका कल विवरणदेखि अन्य सम्पर्क र गतिविधि सम्बन्धी तथ्यहरूको पनि गम्भीर अनुसन्धान हुनुपर्ने माग गरेका छन्। उनले भने, “दुर्भाग्यपूर्ण घटना भए पनि दुर्घटनाको प्रकृति हेर्दा मोटरसाइकल आफ्नो रुटमा नचलाइ फरक किसिमले ठोकिएको देखिन्छ। त्यसपछि पछाडिबाट आएको अर्को सवारी साधनले कुल्चेर गएको जस्तो प्रष्ट देखिन्छ।”

किटानी जाहेरी दर्ता भएपछि परिवारले शव बुझेर पोस्टमार्टम गराई सुर्खेतस्थित भेरी नदी किनारमा अन्तिम संस्कार गरेका छन्। प्रहरीले जाहेरीका आधारमा घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *