• मंसिर १५, २०८२
  • No Comment
  • 36

सुर्खेतमा पत्रकार आचार्यको मृत्यु प्रकरण : किटानी जाहेरीपछि अन्त्येष्टि

सुर्खेत। सुर्खेतमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका पत्रकार वीरेन्द्र आचार्यप्रति उनका परिवारजनले किटानी जाहेरी दर्ता गरेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता गरिएको किटानी जाहेरीमा २२ वर्षीय यामबहादुर शाहीकाे नाम रहेकाे प्रहरीले जनाएको छ।

पत्रकार आचार्यका भतिजा भिमप्रसाद आचार्यले दुर्घटना सामान्य नभई रहस्यमय भएको दाबी गरेका छन्। उनका अनुसार परिवारले शंका गरेका व्यक्तिहरूका कल विवरणदेखि अन्य सम्पर्क र गतिविधि सम्बन्धी तथ्यहरूको पनि गम्भीर अनुसन्धान हुनुपर्ने माग गरेका छन्। उनले भने, “दुर्भाग्यपूर्ण घटना भए पनि दुर्घटनाको प्रकृति हेर्दा मोटरसाइकल आफ्नो रुटमा नचलाइ फरक किसिमले ठोकिएको देखिन्छ। त्यसपछि पछाडिबाट आएको अर्को सवारी साधनले कुल्चेर गएको जस्तो प्रष्ट देखिन्छ।”

किटानी जाहेरी दर्ता भएपछि परिवारले शव बुझेर पोस्टमार्टम गराई सुर्खेतस्थित भेरी नदी किनारमा अन्तिम संस्कार गरेका छन्। प्रहरीले जाहेरीका आधारमा घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *