• मंसिर ११, २०८२
  • No Comment
  • 137

शरीरलाई स्वस्थ राख्न खानै पर्ने खानेकुराहरु

जाडो मौसम सुरु भएसँगै धेरै मानिसहरू दिनभरको कामकाजपछि अत्यधिक थकान महसुस गर्छन् । पर्याप्त ऊर्जा नहुँदा दैनिक गतिविधि प्रभावित हुने भएकाले मौसमअनुसारको सही खानपान अत्यावश्यक मानिन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार केही प्राकृतिक खानेकुराहरूले शरीरलाई तत्काल ऊर्जा दिनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि मजबुत बनाउँछन् ।
ऊर्जा तथा ताप उत्पादनका लागि कम नुन प्रयोग भएको र जैतुन, तोरी वा रिफाइन्ड तेलमा पकाइएको खाना उपयोगी हुने बताइन्छ । जाडोमा पनि पानी तथा तरल पदार्थको पर्याप्त सेवन गर्नुपर्छ भने बच्चा, गर्भवती र वृद्धहरूले चिसो पदार्थ तथा आइसक्रिम जस्ता चीजबाट जोगिन सुझाव दिइएको छ ।

ऊर्जादायी फलफूल तथा अन्य खाद्यपदार्थ

स्याउमा पाइने कार्बोहाइड्रेट, फाइबर र एन्टिअक्सिडन्टले शरीरलाई बिस्तारै तर दीर्घकालीन ऊर्जा प्रदान गर्छ । त्यस्तै अण्डा प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । अण्डामा पाइने ‘ल्युसिन’ नामक एमिनो एसिडले शरीरमा ऊर्जा उत्पादनलाई थप प्रभावकारी बनाउँछ भने भिटामिन ‘बी’ ले खानालाई ऊर्जा रूपान्तरणमा सहयोग गर्छ ।
केरा पनि शरीरका लागि उत्कृष्ट ऊर्जा स्रोत हो । यसमा पाइने कार्ब्स, पोटासियम र भिटामिन ‘बी–६’ ले शरीरमा तुरुन्त ऊर्जा बढाउन मद्दत गर्छ ।
गाढा चकलेटमा पाइने कोको तथा एन्टिअक्सिडन्टले मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउने हुँदा थकान कम गर्न प्रभावकारी मानिन्छ ।
चुकन्दर र सखरखण्डको महत्व
चुकन्दरमा पाइने एन्टिअक्सिडन्ट र नाइट्रेटले रगत प्रवाह तीव्र बनाइदिन्छ, जसले शरीरमा अक्सिजन अभिवृद्धि हुँदै ऊर्जा स्तर वृद्धि हुन्छ । सखरखण्डमा पाइने फाइबर, कार्ब्स, म्याङ्गनीज र भिटामिन ‘ए’ ले पाचन ढिलो गराउँदै शरीरलाई लामो समयसम्म सक्रिय राख्छ ।

तातोपनाका लागि आवश्यक खानेकुरा

आलस, तिल, काजु, पिस्ता तथा बदाममा पाइने तैलीय तत्वले जाडोमा शरीरलाई तातो राख्न मद्दत गर्छ । अदुवा, बेसार तथा मरिच जस्ता मसला तातोपना र संक्रमणविरुद्ध लड्न उपयोगी छन् ।
मांसाहारीको लागि कुखुराको सुप जाडो मौसममा निकै फाइदाजनक मानिन्छ । यसले रुघाखोकी कम गर्ने र शरीरमा ताप बढाउने काम गर्छ ।
अनाज र अन्य विकल्प
दलियामा पाइने बीटा–ग्लुकनले शरीरमा दिगो ऊर्जा प्रदान गर्छ । ब्राउन राइसमा पनि फाइबर, भिटामिन तथा म्याङ्गनीज प्रचुर मात्रामा पाइने भएकाले यो सेतो चामलभन्दा स्वास्थ्यकर मानिन्छ ।
स्ट्रबेरीमा पाइने भिटामिन ‘सी’, फाइबर र कार्बोहाइड्रेटले शरीरलाई ऊर्जावान बनाइ थकान कम गर्छ ।
कफीमा पाइने क्याफिनले स्नायु प्रणालीलाई सक्रिय बनाउँदै तत्काल ऊर्जा दिन्छ, तर अत्यधिक सेवन भने स्वास्थ्यका लागि हानिकारक हुनसक्ने विशेषज्ञको सुझाव छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार जाडोमा जौ, गहुँ र फापर जस्ता अन्नसेवन उपयुक्त हुन्छ, भातले भने शरीरलाई चिस्याउने बताइन्छ । साथै, लसुनले भाइरससँग लड्न मद्दत गर्ने भएकाले नियमित सेवन उपयोगी मानिन्छ ।
विशेषज्ञहरू भन्छन्— जाडो मौसममा प्राकृतिक, तातो र पोषक तत्वले भरिपूर्ण खानेकुराको सेवनले न केवल ऊर्जा बढाउँछ, संक्रमण तथा चिसोसम्बन्धी समस्या पनि घटाउँछ ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *