• मंसिर १०, २०८२
  • No Comment
  • 296

वीरेन्द्रनगर–३ मा पूर्व वडा अध्यक्ष भुपेन्द्र खत्रीद्वारा १०१ दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

सुर्खेत। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका निवर्तमान सचिव तथा वीरेन्द्रनगर–३ का पूर्व वडा अध्यक्ष भुपेन्द्र खत्रीले १०१ दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत ३ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्। समाजसेवी तथा शिक्षाप्रेमी खत्रीले आफ्नै वडा अध्यक्ष कार्यकालको तलब–भत्ता जोडेर स्थापना गरिएको उक्त कोषबाट प्राप्त ब्याजमार्फत वीरेन्द्रनगर–३ काे जगन्नाथ देवी प्राथमिक विद्यालयका १०१ जना दलित, गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएका छन।

उक्त विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई नियमित रूपमा छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। खत्रीले शिक्षा सबैका लागि समान अवसरको आधारभूत हक भएको बताउँदै आर्थिक अभावले कुनै पनि बालबालिका पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कोष स्थापना गरेको बताए ।

स्थानीयवासी तथा अभिभावकहरूले खत्रीको पहलले समुदायमा शिक्षा प्रति सकारात्मक प्रभाव परेको भन्दै प्रशंसा व्यक्त गरेका छन्। विद्यार्थीहरूलाई निरन्तर सहयोग जारी रहने खत्रीले प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *