• मंसिर १०, २०८२
  • No Comment
  • 122

वीरेन्द्रनगर–३ मा पूर्व वडा अध्यक्ष भुपेन्द्र खत्रीद्वारा १०१ दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण

सुर्खेत। नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका निवर्तमान सचिव तथा वीरेन्द्रनगर–३ का पूर्व वडा अध्यक्ष भुपेन्द्र खत्रीले १०१ दलित तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका छन । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत ३ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका छन्। समाजसेवी तथा शिक्षाप्रेमी खत्रीले आफ्नै वडा अध्यक्ष कार्यकालको तलब–भत्ता जोडेर स्थापना गरिएको उक्त कोषबाट प्राप्त ब्याजमार्फत वीरेन्द्रनगर–३ काे जगन्नाथ देवी प्राथमिक विद्यालयका १०१ जना दलित, गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइएका छन।

उक्त विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई नियमित रूपमा छात्रवृत्ति वितरण गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। खत्रीले शिक्षा सबैका लागि समान अवसरको आधारभूत हक भएको बताउँदै आर्थिक अभावले कुनै पनि बालबालिका पढाइबाट वञ्चित नहोस् भन्ने उद्देश्यले कोष स्थापना गरेको बताए ।

स्थानीयवासी तथा अभिभावकहरूले खत्रीको पहलले समुदायमा शिक्षा प्रति सकारात्मक प्रभाव परेको भन्दै प्रशंसा व्यक्त गरेका छन्। विद्यार्थीहरूलाई निरन्तर सहयोग जारी रहने खत्रीले प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

कर्णालीका उद्योगको औसत क्षमता उपयोग ४६.५२ प्रतिशत मात्र

सुर्खेत । कर्णाली प्रदेशका उद्योगले आफ्नो उत्पादन क्षमता अनुसार काम गर्न नसकेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष…
“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय बन्नुपर्छ” : मुख्यमन्त्री कडेल

“विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तह सक्रिय…

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले विकास बजेटको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशसभा सदस्यदेखि स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसम्म सबैको साझा…
आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात कार्यालयको अनुरोध

आधिकारिक सूचना बिना अनलाइन फाराम नभरिदिन सेवाग्राहीलाई सुर्खेत यातायात…

सुर्खेत। प्राविधिक त्रुटिका कारण लाइसेन्सको कोटा भुलवश खुलेकोले सेवाग्राहीहरूमा भ्रम सिर्जना भएको छ। यातायात व्यवस्था कार्यालयको आधिकारिक सूचनाबिना नै अनलाइन फाराम…

Leave a Reply

Your email address will not be published. Required fields are marked *