• मंसिर ८, २०८२
  • No Comment
  • 263

सुर्खेतको काक्रेबिहार जंगलमा दुई युवायुवती मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित काक्रेबिहार जंगलमा दुई युवायुवती झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। साेमबार बिहान करिब ११ बजेर २० मिनेटमा घाँस काट्न जंगल गएका स्थानीय बासिन्दाले करौतीको रुखमा सलको पासो लगाई झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनाको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक राजन भट्टराईको कमाण्डमा पाँच जनाको प्रहरी टोली थप अनुसन्धानका लागि घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएकाे छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार झुण्डिएर आत्महत्या गर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० खजुरा बस्ने दिल चौधरीकी छोरी १६ वर्षीया दीपिका चौधरी रहेको र जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नम्बर ७ बस्ने राजबहादुर खत्रीका छोरा १८ वर्षीय नरेश खत्री रहेका छन । प्रहरीका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपु गीता खत्रीले सनाखत गरेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *