• मंसिर ७, २०८२
  • No Comment
  • 139

मुक्तिनाथको १०८ धारामा छाता, प्लास्टिक र रेनकोट ओढेर स्नान गर्न प्रतिबन्ध

मुक्तिनाथ — धार्मिक मर्यादा विपरीतको पोशाक र गतिविधि बढ्दै गएपछि मुक्तिनाथ मन्दिर परिसरमा कडाइ लागू गरिएको छ। अब मन्दिरको १०८ धारामा छाता, प्लास्टिक, रेनकोट ओढेर तथा दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन नपाइने भएको हो।
हिन्दू–बौद्ध श्रद्धालुहरूको प्रमुख तीर्थस्थल मानिने मुक्तिनाथमा हरेक वर्ष नेपाल, भारत तथा अन्य मुलुकबाट आठ लाखभन्दा बढी भक्तजन दर्शनका लागि आउने गर्छन्। तीमध्ये केहीले स्नानका क्रममा धार्मिक परम्परा विपरीत पोशाक र व्यवहार देखाउन थालेपछि नियमन कडा पारिएको मुक्तिनाथ विकास समितिले जनाएको छ।
समितिका कोषाध्यक्ष तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई नयाँ नियमबारे जानकारी गराइँदै छ। भक्तजन तथा पर्यटकलाई सहज सेवा प्रदान गर्न पूर्वाधार विस्तार भइरहेको र दर्शन व्यवस्थापनमा स्वयंसेवकले पनि सहयोग तथा निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *