• मंसिर ७, २०८२
  • No Comment
  • 74

मुक्तिनाथको १०८ धारामा छाता, प्लास्टिक र रेनकोट ओढेर स्नान गर्न प्रतिबन्ध

मुक्तिनाथ — धार्मिक मर्यादा विपरीतको पोशाक र गतिविधि बढ्दै गएपछि मुक्तिनाथ मन्दिर परिसरमा कडाइ लागू गरिएको छ। अब मन्दिरको १०८ धारामा छाता, प्लास्टिक, रेनकोट ओढेर तथा दुई कुण्डमा सुइमिङ ड्रेस लगाएर नुहाउन नपाइने भएको हो।
हिन्दू–बौद्ध श्रद्धालुहरूको प्रमुख तीर्थस्थल मानिने मुक्तिनाथमा हरेक वर्ष नेपाल, भारत तथा अन्य मुलुकबाट आठ लाखभन्दा बढी भक्तजन दर्शनका लागि आउने गर्छन्। तीमध्ये केहीले स्नानका क्रममा धार्मिक परम्परा विपरीत पोशाक र व्यवहार देखाउन थालेपछि नियमन कडा पारिएको मुक्तिनाथ विकास समितिले जनाएको छ।
समितिका कोषाध्यक्ष तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष प्रमेश गुरुङका अनुसार मन्दिरमा प्रवेश गर्ने भक्तजनलाई नयाँ नियमबारे जानकारी गराइँदै छ। भक्तजन तथा पर्यटकलाई सहज सेवा प्रदान गर्न पूर्वाधार विस्तार भइरहेको र दर्शन व्यवस्थापनमा स्वयंसेवकले पनि सहयोग तथा निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए।

सम्बन्धित खबर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १० सचिवसहित ५६ जनाविरुद्ध मुद्दा दायर

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : ५ पूर्वमन्त्री र १०…

काठमाडौं– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको व्यापक अनियमितता र भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५६ जनालाई विपक्षी बनाएर विशेष अदालतमा…
सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे  एटीएम सेवा संचालन

सुर्खेतकाे चाैकुने शाखा गुठुमा लक्ष्मी सनराईज बैंक लिमिटेडकाे एटीएम…

सुर्खेत। सुर्खेतकाे चौकुने गाँउपालिकामा लक्ष्मी सनराईज बैँकको एटीएम सञ्चालनमा आएको छ । चौकुने गाउँपालिका वडा नं. ८ स्थित लक्ष्मी सनराईज बैंकको…
सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

सुडानमा ड्रोन आक्रमण : ३३ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाडौं– सुडानको कालोकी शहरस्थित एक बालवाडीलाई लक्षित गर्दै गरिएको ड्रोन आक्रमणमा ३३ बालबालिकासहित कम्तीमा ५० जनाको ज्यान गएको सुडान डाक्टर्स नेटवर्कले…

Leave a Reply

Your email address will not be published. Required fields are marked *