• कार्तिक २४, २०८२
  • No Comment
  • 233

कलाकार उत्तम शर्माद्धारा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना

सुर्खेत– कलाकार उत्तम शर्माले आफूले पाएको पुरस्कार राशीको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट पुरस्कृत शर्माले वीरेन्द्रनगर १ बांगेसिमलस्थित सरस्वति प्राथमिक विद्यालयमा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना गरे ।

यही विद्यालयबाट शर्माले प्राथमिक शिक्षा हासिल गरेका थिए । उनी खासगरी लोकदोहोरी र झ्याउरे नृत्य विधामा चर्चित छन् । कलाकार शर्माले सोमबार एक लाख रुपैयाँको चेक वडाध्यक्ष दिनेश खत्री, विद्यालयका प्रअ सुर्वणदेव गिरीको उपस्थितिमा अध्यक्ष भूमिसरा श्रेष्ठलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा कलाकार शर्माका बुवा नारायण तथा आमा पुष्पा शर्माको पनि उपस्थिति रहेको थियो ।

बुवाआमाको नाममा स्थापित अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनि विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य राखिएको बताए । उनले यसअघि पनि पुरस्कारबाट प्राप्त रकम सामाजिक क्षेत्रमा लगानी गर्ने गरेका थिए । साथै आगामी वर्षहरुमा अक्षयकोषको रकम वृद्धि गर्ने योजना सुनाए ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *