• कार्तिक २४, २०८२
  • No Comment
  • 102

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ। सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरु गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई विकास यात्रामा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे। उनले एआई काउन्सिल गठन भइसकेको र एआई नीति तयार भइसकेको सन्दर्भमा अब नेपाल डिजिटल युगतर्फ तीव्र गतिमा अघि बढ्ने बताए।

मन्त्री खरेलले जनआन्दोलनका क्रममा उठाइएका सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी सिर्जना लगायतका मुद्दाहरूलाई एआई प्रविधिको सहायताले सम्बोधन गर्न सकिने उल्लेख गरे।

उनले सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि एआईलाई उपकरणका रूपमा प्रयोग गरिने बताए। मन्त्री खरेलका अनुसार एआई केन्द्रले सरकारी सेवा प्रवाह, नीतिनिर्माण, शिक्षा, स्वास्थ्य, रोजगार र विकासका अन्य क्षेत्रमा एआईको प्रभावकारी उपयोग सुनिश्चित गर्न कार्य गर्नेछ।

सम्बन्धित खबर

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

भारतको गोवामा आगलागी हुँदा निसास्सिएर २३ जनाको मृत्यु

काठमाडौँ– भारतको गोवा राज्यस्थित अर्पोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा शनिबार राति सिलिन्डर पड्किएर भीषण आगलागी हुँदा २३ जनाको ज्यान गएको…
हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…

Leave a Reply

Your email address will not be published. Required fields are marked *