• कार्तिक २४, २०८२
  • No Comment
  • 179

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ। सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरु गरिएको राष्ट्रिय एआई केन्द्रले नेपालको एआई विकास यात्रामा ठूलो फड्को मार्ने विश्वास व्यक्त गरे। उनले एआई काउन्सिल गठन भइसकेको र एआई नीति तयार भइसकेको सन्दर्भमा अब नेपाल डिजिटल युगतर्फ तीव्र गतिमा अघि बढ्ने बताए।

मन्त्री खरेलले जनआन्दोलनका क्रममा उठाइएका सुशासन, भ्रष्टाचारमुक्त देश, रोजगारी सिर्जना लगायतका मुद्दाहरूलाई एआई प्रविधिको सहायताले सम्बोधन गर्न सकिने उल्लेख गरे।

उनले सरकारको सारथी र जनताको उद्देश्य प्राप्तिका लागि एआईलाई उपकरणका रूपमा प्रयोग गरिने बताए। मन्त्री खरेलका अनुसार एआई केन्द्रले सरकारी सेवा प्रवाह, नीतिनिर्माण, शिक्षा, स्वास्थ्य, रोजगार र विकासका अन्य क्षेत्रमा एआईको प्रभावकारी उपयोग सुनिश्चित गर्न कार्य गर्नेछ।

सम्बन्धित खबर

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

ट्याम्पो भीरमा खसालेको प्रकरणमा १० जना वन कर्मचारी पक्राउ

काठमाडौं — कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधे क्षेत्रमा ट्याम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न रहेको आरोपमा १० जना वन कर्मचारी पक्राउ परेका छन्।…
कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

कर्णालीका महिलाको संघर्ष झल्काउने ‘बैकिनी’ उपन्यास विमोचन

 काठमाडौँ — कर्णाली क्षेत्रका महिलाको जीवन, संघर्ष र भोगाइलाई केन्द्रमा राखेर लेखिएको सिर्जु शाहको पहिलो उपन्यास ‘बैकिनी’ आइतबार काठमाडौँमा आयोजित एक…
बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

बैंकिङ कसूर मुद्दामा फरार रहेकी एक महिला सुर्खेतबाट पक्राउ 

सुर्खेत । बैंकिङ कसूर मुद्दामा फरार रहेकी दैलेखको नौमुले गाउँपालिका–८ स्थायी घर भएकी कमला कुमारी शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *