- कार्तिक २४, २०८२
- No Comment
- 79
बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ
काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार पेम्बाले आफ्नै बुबा ७८ वर्षीय आमकी लामामाथि कुटपिट गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीलाई उपचारका लागि मनमोहन अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।