• कार्तिक २४, २०८२
  • No Comment
  • 85

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पेम्बाले आफ्नै बुबा ७८ वर्षीय आमकी लामामाथि कुटपिट गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीलाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

दूध र पानीमा बेसार मिसाएर पिउनुका १२ फाइदा

काठमाडौं । आयुर्वेदका अनुसार बेसार औषधीय गुणले भरिपूर्ण प्राकृतिक पदार्थ हो । विशेषगरी जाडो मौसममा यसको नियमित सेवनले स्वास्थ्यमा धेरै लाभ…
चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

चौकुनेको घाटगाँऊ स्वास्थ्य चौकीमा महिनौदेखि खानेपानीको अभाव

सुर्खेत। चौकुने गाउँपालिका–१० स्थित घाटगाँऊ स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा…
कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक समिति गठन

कर्णालीमा डोरितान टेक्निकल सेमिनार सम्पन्न, ५१ सदस्यीय प्रदेश प्राविधिक…

सुर्खेत। नेपाल डोरितान संघ कर्णाली प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय डोरितान टेक्निकल सेमिनार शनिबार सुर्खेतमा सम्पन्न भएको छ। विद्यालय तथा समुदाय तहमा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *