• कार्तिक २४, २०८२
  • No Comment
  • 78

बुबाको हत्या गरेकाे आरोपमा छोरा पक्राउ

काठमाडौँ – आफ्नै बुबाको हत्या गरेको अभियोगमा एक जना छोरालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१५, किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका–६ घर भएका ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार पेम्बाले आफ्नै बुबा ७८ वर्षीय आमकी लामामाथि कुटपिट गरेका थिए। घटनाको जानकारी पाएपछि प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। कुटपिटबाट गम्भीर घाइते भएका आमकीलाई उपचारका लागि मनमोहन अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

हरेक दिन कति नुन खाने ?

हरेक दिन कति नुन खाने ?

काठमाडौं– दैनन्दिन भोजनमा स्वाद बढाउन प्रयोग गरिने नुन शरीरका लागि आवश्यक पोषक तत्व भए पनि यसको धेरै सेवनले गम्भीर स्वास्थ्य समस्या…
सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यानमा जीप दुर्घटना: रोल्पाका ६ जना घाइते

सल्यान। सल्यानको कपुरकोट गाउँपालिका–३ नयाँरोड नजिकै जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । आज (शुक्रवार) दिउँसो करिब साढे १…
सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेतमा नक्कली परीक्षार्थी रोक्न बायोमेट्रिक प्रणाली लागू

सुर्खेत – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा बढ्दो अनियमितता र नक्कली परीक्षार्थीको प्रवेश रोक्न सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयले बायोमेट्रिक प्रणाली लागू…

Leave a Reply

Your email address will not be published. Required fields are marked *