• कार्तिक १७, २०८२
  • No Comment
  • 116

बिजुली पोल गाड्ने क्रममा करेन्ट लागेर युवाको मृत्यु

कैलाली — धनगढी उपमहानगरपालिका–७ जेबी चोकमा आइतबार साँझ बिजुली पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक युवाको मृत्यु भएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका गोदावरी नगरपालिका–९ निवासी १८ वर्षीय अमृत चौधरीको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गम्भीर अवस्थामा रहेका चौधरीलाई उद्धार गरी तत्काल संजिवनी अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनापछि प्रहरीले घटनास्थलको निरीक्षण गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

लेक लागेर मुस्ताङमा ९ विदेशीसहित १३ पर्यटकको मृत्यु

मुस्ताङ — हिमाली जिल्ला मुस्ताङमा उच्च उचाइका कारण हुने ‘हाइअल्टिच्युड सिकनेस’ (लेक लाग्ने समस्या) बाट चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ९…
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ ३१ — देशभर आज चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय…
कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने घरेलु उपाय के–के छन्?

कस्तो खानेकुराले बालबालिकालाई कब्जियत गराउन सक्छ? समस्या कम गर्ने…

बालबालिकामा कब्जियत एक सामान्य स्वास्थ्य समस्या भए पनि समयमै ध्यान नदिँदा यसले दीर्घकालीन जटिलता निम्त्याउन सक्छ। विशेषज्ञहरूका अनुसार असन्तुलित खानपान, जंकफुडको…

Leave a Reply

Your email address will not be published. Required fields are marked *