• कार्तिक १६, २०८२
  • No Comment
  • 243

सुर्खेतमा बिल नभएकाे नक्कली चुराेट सहित १ जना पक्राउ

सुर्खेत, — सुर्खेतकाे वीरेन्द्रनगर – ३ मुलपानि चाेकमा बिल-बिजक नभएको नक्कली चुरोट बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिल-बिजक नभएको नक्कली चुरोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार साँझ करिब ८:३० बजे प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार वीरेन्द्रनगर–३ का करिब ३५ वर्षीय जीवन कुमार शाहीले सञ्चालन गरेको ‘मेसी स्टोर’ मा छापा मार्दा खुकुरी ब्रान्डको नक्कली चुरोट २५ डण्डा (५०० बट्टा) र खुला ४ बट्टा गरी जम्मा ५०४ बट्टा बरामद भएकाे छ ।

उक्त चुरोट बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुर्खेत पठाएको प्रहरीले जनाएकाे छ।

हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *