• कार्तिक १६, २०८२
  • No Comment
  • 69

सुर्खेतमा बिल नभएकाे नक्कली चुराेट सहित १ जना पक्राउ

सुर्खेत, — सुर्खेतकाे वीरेन्द्रनगर – ३ मुलपानि चाेकमा बिल-बिजक नभएको नक्कली चुरोट बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिल-बिजक नभएको नक्कली चुरोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा शनिबार साँझ करिब ८:३० बजे प्रहरी टोलीले पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अुनसार वीरेन्द्रनगर–३ का करिब ३५ वर्षीय जीवन कुमार शाहीले सञ्चालन गरेको ‘मेसी स्टोर’ मा छापा मार्दा खुकुरी ब्रान्डको नक्कली चुरोट २५ डण्डा (५०० बट्टा) र खुला ४ बट्टा गरी जम्मा ५०४ बट्टा बरामद भएकाे छ ।

उक्त चुरोट बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ परेका शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय सुर्खेत पठाएको प्रहरीले जनाएकाे छ।

हाल यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

कलाकार उत्तम शर्माद्धारा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना

कलाकार उत्तम शर्माद्धारा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना

सुर्खेत– कलाकार उत्तम शर्माले आफूले पाएको पुरस्कार राशीको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट…
सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना

२४ कात्तिक । नेपालको कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रलाई संस्थागत रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको…
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने…

Leave a Reply

Your email address will not be published. Required fields are marked *