• कार्तिक १५, २०८२
  • No Comment
  • 139

भैरहवामा श्री एयरलाइन्सको विमानको आकस्मिक अवतरण, सबै यात्रु सकुशल

काठमाडौं – धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको विमानले हाइड्रोलिक फेलियर भएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको छ।
शुक्रबार बिहान करिब १० बजे धनगढीबाट उडेको श्री एयरलाइन्सको फ्लाइट नम्बर २२२ लाई बीचैमा हाइड्रोलिक सिस्टममा समस्या देखिएपछि भैरहवा मोडिएको विमानस्थल स्रोतले जनाएको छ।
हाइड्रोलिक फेल भएपछि विमान रनवेबाट स्वतन्त्र रूपमा गुड्न नसकेकाले करिब ४० मिनेटसम्म अन्य उडानहरू प्रभावित भएका थिए।
आकस्मिक अवतरणका क्रममा विमानको अगाडिको ल्यान्डिङ गियर नखुल्दा विमान केही समय धानवमार्गमा रोकिएको थियो। विमानमा रहेका ८२ जना यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेका छन्।
साढे १२ बजे ल्यान्डिङ गियर खुलेपछि विमानलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल पार्किङ क्षेत्रमा सुरक्षित रूपमा सारिएको विमानस्थल कार्यालयले जनाएको छ।
यस घटनापछि प्राविधिक टोलीले विमानको हाइड्रोलिक प्रणालीको विस्तृत जाँच सुरू गरेको छ।

सम्बन्धित खबर

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति…

 सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।…
चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

चौकुने गाउँपालिकामा अपाङ्गता सहायता सामग्री वितरण

सुर्खेत। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान र पहुँच सुनिश्चित गर्नु राज्यको दायित्व भएको मन्त्रीको भनाई अपाङ्गता रोकथाम तथा पुनर्स्थापना साझेदारी कार्यक्रम…
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *